गुणस्तर तथा नापतौल विभागले हेटौंडा औद्योगिक क्षेत्रमा नेपालमै पहिलो पटक ट्यांकर क्यालिब्रेसन टावर सञ्चालनमा ल्याएको छ । पेट्रोलियम पदार्थ ढुवानी गर्दा हुने अनियमितता रोक्नको लागि ट्यांकर क्यालिब्रेसन टावर निर्माण गरिएको हो ।
करिब डेढ करोड रूपैयाँको लगानीमा स्थापित टावरबाट पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरको वास्तविक क्षमता मापन गरिनेछ ।