८ असोज, चितवन। चितवन राष्ट्रिय निकुञ्जले दुईवटा पोथी गैंडा पुष्पा र अञ्जलीलाई मंगलबार कोशी टप्पु वन्यजन्तु आरक्ष पठाउने भएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मंगलबार दिउँसो २ बजेतिर अलग अलग खोरमा राखेर पुष्पा र अञ्जलीलाई कोशीका लागि पठाइने छ । ‘यहाँ विदाइको कुनै औपचारिक कार्यक्रम हुँदैन, कोशीमा स्वागतको तयारी कोशी आरक्षले गरिरहेको […]