सौराहा आसपासका बस्तीमा मान्छेसँग झ्याम्मिने दुई गैंडा अब टाढा पुगेका छन् । चितवन राष्ट्रिय निकुञ्जबाट पुष्पा र अञ्जली नाम दिइएका दुई गैंडा मंगलबार कोशी टप्पु वन्यजन्तु आरक्ष पठाइएको हो । दुवै माउबाट छुट्टिएपछि उद्धार गरेर हुर्काइएका पोथी गैंडा हुन् ।