मुलुकका दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र वाम गठबन्धनतर्फ उन्मुख हुन थालेका छन् । स्थानीय तहको निर्वाचनपछि विभिन्न तहबाट वाम गठबन्धनको कुरा उठिरहेका बेला ती दुई दलका नेताहरूले वाम गठबन्धनतर्फ चासो देखाइरहेका हुन् । आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच भएको भेटघाट र छलफलमा वाम गठबन्धनको विषयमा कुराकानी भएको थियो। विगतमा कम्युनिस्ट दललाई प्राप्त जनमत जोगाउन नसकेको र वामपन्थीहरूलाई फुटाउन विभिन्न शक्ति सक्रिय रहेको विषयम