रुसी सेनामा कार्यरत बर्दियाका युवा युक्रेनी सेनाको नियन्त्रणमा

काठमाडौं । रुसी सेनामा भर्ती भएर युद्धमा होमिएका नेपाली युवक विवेक खत्रीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ। बर्दियाका खत्रीलाई युक्रेनको अभ्दिभ्का सहरबाट युक्रेनी सेनाले समातेको हो। युक्रेनका पूर्वआन्तरिक मामिला उपमन्त्री एन्टोन हेरासचेन्कोले खत्रीलाई युक्रेनी सेनाले नियन्त्रण राखेको पुष्टि गरेका छन्। हेरासचेन्कोले ट्विटरमा खत्री बोलेको भिडिओ पनि सार्वजनिक गरेका छन्। जसमा खत्रीले आर्थिक अवस्था सुदृढ गर्न […]

सम्बन्धित सामग्री

नेपाली छुटाउन युक्रेनसँग संवाद सुरु

युक्रेनी सेनाको नियन्त्रणमा रहेका चार नेपालीको रिहाइका लागि नेपालले कूटनीतिक पहल सुरु गरेको छ । रुसी सेनामा कार्यरत नेपालीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको दुई महिनाअघि खुले पनि बल्ल सरकारले उनीहरूको रिहाइका लागि कूटनीतिक पहल थालेको हो ।

नेपाली युद्धबन्दीको रिहाई सम्भावना हेर्छौं : युक्रेन

युक्रेनी कब्जामा रहेका चार नेपालीको रिहाईको लागि नेपाल र युक्रेनबीच कूटनीतिक पहलको थालनी भएको छ । रुसी सेनामा कार्यरत नेपालीलाई युक्रेनी सेनाले कब्जा गरेपछि रिहाईको लागि नेपालले पहिलोपटक कदम चालेको हो ।

बर्दियाका विवेक खत्रीलाई छाड्न युक्रेनको सर्त : नेपालमा पनि जेलमा राख्नुपर्छ

रुसी सेनामा कार्यरत खत्री युक्रेनी सेनाको नियन्त्रणमा रहेको पुष्टि गर्दै युक्रेन सरकारले उनलाई नेपालले पनि अपराधीका रूपमा जेलमा राख्ने लिखित समझदारी गरे मात्र छाड्ने जनाएको छ युक्रेनले रुसी सेनामा कार्यरत बर्दियाका...

युक्रेनी सेनाको नियन्त्रणमा रहेका ढकाललाई उद्धार गर्न के गर्दै छ सरकार ?

सोमबार परराष्ट्र मन्त्रालयले नै रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ ।

नेपाली युवाले किन लाउँछन् ज्यानको बाजी ?

रुसी सेनामा कार्यरत तीन नेपालीको दुई साताअघि युक्रेनी भूमिमा मृत्यु भएको दुःखद खबर सार्वजनिक भएको छ । रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्धको लडाइँमा गएका अर्का एक नेपालीको गत असार २९ मा ज्यान गएको थियो ।

युक्रेनी सेनाको नियन्त्रणमा रहेका विवेक खत्रीलाई छुटाउन के गर्दै छ सरकार ?

रुसी सेनामा कार्यरत विवेक खत्रीलाई यही ३ कात्तिकमा  युक्रेनी सेनाले नियन्त्रणमा लिएको घटना सार्वजनिक भयो ।