काठमाडौंः सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीले माग गरेको चुनाव चिह्न गाई अर्को आदेश नभएसम्म कुनै पनि दललाई नदिन अन्तरिम आदेश जारी गरेको छ। राप्रपाले माग गरेको चिह्नबारे मुद्दाको अन्तिम सुनुवाइ नहुँदासम्म अन्य कुनै पनि दललाई नदिन सर्वोच्चले आदेश गरेको हो।
राप्रपाले गाई चुनाव चिह्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो।…