बन्दीपुरको बाँदर कुद्ने भीरमा चट्टान आरोहण

तनहुँ । बन्दीपुर गाउँपालिका–४ बिमलनगरस्थित चुनपहरा चट्टान आरोहणका लागि पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । कुनै बेलामा बाँदर कुद्ने भीरमा अहिले पर्यटकहरु चट्टान आरोहणका लागि आउने गरेका छन् । यसबाट यस आम्दानी पनि हुन थालेको छ । उक्त पहरामा विसं २०६० देखि चट्टान आरोहण सुरु भएको हो । पहरामा एक सय ६० वटा फलामे नटबोल्ट […]

सम्बन्धित सामग्री

पहरोमा साहसिक पर्यटन (फोटो फिचर)

तनहुँको वन्दिपुर गाउँपालिका– ४ विमलनगर स्थित चुन पहरो साहसिक पर्यटकको रोजाईमा पर्न सफल भएको छ । पहरोमा यतिबेला शाहसिक खेल ‘चट्टान आरोहण (रक क्लाइम्विङ) गर्नेहरुको भीड लाग्न थालेको छ । बाँदर पनि लड्ने पहरो काम लाग्दैन, सडक खन्न पनि अप्ठ्रो भयो भन्नेर नाक खुम्चाउने विमलनगरवासी पहरोले आम्दानी दिन थाले पछि दङ्ग परेका छन् । पर्यटकले भरिएपछि स्थानीय व्यवसायीहरुको व्यापार फष्टाउँदै गएको छ । व्यापार बढेपछि पहरोको महत्व स्थानीय वासिन्दाले बुझ्न थालेका छन् । शाहसिक पर्यटकको लागि तालिम प्रदान गर्न समेत उपयुक्त भएकोले हाल चट्टान आरोहण गर्नेको भीड बढ्न पुगेको चट्टान आरोहण सञ्चालन गर्दै आएको विमलनगर सिद्धगुफा विकास समितिले जनाएको छ । हिमाल चढ्न र अन्य साहसिक खेलहरुमा भाग लिन सहज हुने भएकोले विमलनगरमा अभ्यास गर्न आउने गरेको प्रशिक्षक पिम्बा तेन्जिङ लामाले बताउनुभयो ।