लुम्बिनी प्रदेशसभाको बैठक सूचना टाँस गरेर भोलि शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
बजेट निर्णयार्थ पेश गर्ने बेला सत्तापक्षीय सांसदले नै बैठक बहिस्कार गरेपछि आधा घण्टाको लागि बैठक स्थगित भएको थियो ।
सभामुख पूर्णबहादुर घर्तीको विशेष निर्देशन अनुसार भोलि शुक्रवार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरिएको छ ।