ठोरी प्रदेशको प्रथम पर्यटकीय क्षेत्र घोषित, १० करोड बजेट दिने निर्णय

जनकपुरधाम । मधेस सरकारले पर्साको ठोरीलाई प्रदेशको प्रथम पर्यटकीय स्थल घोषणा गरेको छ । आज दिउँसो ठोरीमै बसेको मन्त्रीपरिषद्को बैठकले ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गरेको हो । ठोरीमा भौतिक पूर्वाधार निर्माणका लागि १० करोड रूपैयाँ दिने पनि मन्त्रीपरिषद्को बैठकले गरेको न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद कुमार यादवले जानकारी दिए । केही दिन अगाडी नै […]

सम्बन्धित सामग्री

ठोरीमा पर्यटन पूर्वाधार बनाउने घोषणा अलपत्र

ठोरी गाउँपालिकालाई पर्यटकीय क्षेत्र घोषणा गरी मधेश सरकारले प्याकेजस्वरुप दिने भनिएको १० करोड रुपैयाँ दुई वर्षसम्म पनि दिएको छैन । घोषणापछि प्याकेजबाट प्राप्त हुने रकमले ठोरीको पर्यटन क्षेत्रको कायापलटनै गर्ने भनेर आशावादी रहेका ठोरीबासी अहिले निराश छन् ।

पर्यटकीय क्षेत्रका लागि छुट्याइएको रकम निकासा नहुँदा ठोरीवासी आक्रोशित

ठोरी गाउँपालिकालाई पर्यटकीय क्षेत्र घोषणा गरेको १५ महिना बितिसक्दा पनि मधेश प्रदेश सरकारले घोषणा गरेको प्याकेजको १० करोड रुपैयाँ निकासा नगर्दा ठोरीवासी आक्रोशित भएका छन् ।

मधेस प्रदेश सरकारले ठोरीलाई ढाँट्यो

मधेस प्रदेश सकारले ठोरीवासीलाई ढाँटेको ठोरीका स्थानीयले गुनासो गरेका छन् । ११ चैत २०७८ मा ठोरीमा पहिलो पटक मधेस प्रदेश सरकारको मन्त्रिपरिषद बैठक बसेर ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गरेको थियो ।मुख्यमन्त्री लालबाबु राउतले ठोरीको पूर्वाधार विकासको लागि मन्त्रिपरिषद् बैठकले १० करोड रुपैयाँ विनियोजन गर्ने निर्णयसमेत गरेको घोषणासभामा बताएका थिए । उनले मन्त्रिपरिषद्को बैठकले ठोरीलाई पर्यटकीय […]

पर्यटन क्षेत्रको विकासका लागि लगानी वृद्धि गर्ने योजनामा मधेश प्रदेश

चैत १३, पर्सा । पर्यटन क्षेत्रको विकासका लागि मधेश प्रदेश सरकारले पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगिने नीति लिएको छ ।  पर्यटन क्षेत्रको विकासका लागि यहाँको प्राकृतिक तथा धार्मिक क्षेत्रको पहिचान गरी त्यसको प्रवर्द्धनका लागि मधेश सरकारले पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगिने नीति लिएको हो । सोही नीतिअनुरुप तराई मधेशकै मिनी उपत्यकाको रुपमा चिनिएको पर्साको ठोरीलाई मधेस प्रदेश सरकारले ‘पर्यटकीय क्षेत्र’ घोषणा गरेको छ । ठोरीको पर्यटकीयस्थल राइधारामा शुक्रवार बेलुकी आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले ठोरीलाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गरेका हुन् ।  त्यसअघि गत शुक्रवार साँझ ठोरी–२ स्थित ठोरी जंगल रिसोर्टमा बसेको मधेश प्रदेशको मन्त्रिपरिषद्को बैठकले ठोरीलाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको थियो ।  पर्यटकीय क्षेत्रको विकासका लागि आवश्यक पूर्वधार निर्माण गर्न सरकारले त्यहाँ रू. १० करोड बजेट खर्चिने निर्णय गरेको बताइएको छ । सो अवसरमा मुख्यमन्त्री राउतले ठोरी पर्यटकीय सम्भावना बोकेको मधेस प्रदेशकै एक महत्वपूर्ण स्थान रहेको भन्दै ठोरीलाई पर्यटकीय स्थलका रुपमा विकसित गरिने बताए । ‘हामीले ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गर्‍यौं, यहा पर्यटकीय पूर्वाधार निर्माण र विकासका लागि तत्काल रू. १० करोड उपलब्ध गराउने निर्णय पनि गर्‍यौं’, उनले भने, ‘आवश्यकता अनुसार अरु थप सहयोग गर्न पनि सरकार प्रतिबद्ध छ ।’ त्यस्तै पर्साको पटेर्वा सुगौली गाउँपालिकास्थित दूधेश्वरनाथ महादेव मन्दिर भाठाधाम क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र र ती क्षेत्रको विकासका लागि रू. पाँच करोड लगानी गर्ने प्रदेश सरकारले घोषणा गरेको छ ।  भाठामन्दिर क्षेत्रमा गत शनिवार आयोजना गरिएको कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतोले भाठालाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गर्दै चालू आवबाट नै रू. पाँच करोड पूर्वधार विकासमा लगानी गर्ने जानकारी दिए ।  मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अलखदेवप्रसाद थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री गद्दीले भाठा क्षेत्रमा आउने पर्यटक तथा श्रद्धालुको सुविधाका लागि सडक तथा स्वच्छ खानेपानीको व्यवस्था पनि प्रदेश सरकारले तत्काल गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस

ठोरीलाई १० करोडको प्याकेज

मधेस प्रदेश सरकारले पर्साको ठोरी गाउँपालिकालाई पर्यटकीय क्षेत्र घोषणा गरेको छ । ठोरीको राइधारामा शुक्रबार आयोजित सभामा प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पर्यटकीय क्षेत्र घोषणा गरेका हुन् । प्रदेश सरकारले ठोरीमा पर्यटकीय क्षेत्रको विकासका लागि १०  करोड रुपैयाँको प्याकेजको घोषणा पनि गरेको छ ।

ठोरी गाउँपालिका मधेसकै पहिलो पर्यटकीय गन्तव्य घोषणा

मधेस प्रदेश सरकारले पर्साको ठोरी गाउँपालिकालाई प्रदेशकै पहिलो पर्यटकीय गन्तव्य घोषणा गरेको छ । शुक्रबार पर्साको ठोरीस्थित जंगल रिसोर्टमा रुख मुनि बसेको मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ठोरी गाउँपालिकालाई पहिलो पर्यटकीय क्षेत्र घोषणा गरेको हो ।बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री लालबाबु राउतले ठोरीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सहयोग पुर्याउन प्रदेश सरकारले १० करोड रुपैयाँ ठोरी गाउँपालिकालाई दिने निर्णय गरिएको जानकारी दिए ।‘पर्यटकलाई लोभ्याउ

मधेश प्रदेश सरकारको घोषणा : ठोरी पर्यटन क्षेत्र

पर्सा : मधेश प्रदेश सरकारले ठोरी गाउँपालिकालाई पर्यटन क्षेत्र घोषणा गरेको छ। ठोरीको जंगल रिसोर्टमा मधेश प्रदेश सरकारको शुक्रबार बसेको बैठकले गरेको निर्णयअनुसार ठोरी गाउँपालिकालाई मधेश प्रदेशको पहिलो पर्यटकीय क्षेत्र घोषणा गरिएको हो।प्रदेश मन्त्रिपरिषदको राजधानी जनकपुरधाम बाहिर ठोरीमा नै बसेको बैठकले ठोरीको पर्यटन प्रवर्द्धनका लागि १० करोड रूपैयाँ बजेट विनियोजन गर्ने निर्णयसमेत गरेको छ। मन्त्रिपरिषदको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै मुख्यमन्त्री लालबाबु राउतले ठोरीलाई पर्यटन क्षेत्र घोषणा गरि

मधेश प्रदेशले घोषणा गर्‍यो ठोरीलाई पर्यटकीय क्षेत्र

११ चैत, काठमाडौं । मधेश प्रदेश सरकारले पर्साको ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गरेको छ । शुक्रबार प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक समेत ठोरीमा बसेको थियो । मुख्यमन्त्री लालबहादुर राउतको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले ठोरीलाई १० करोड रुपैयाँको प्याकेजसहित पर्यटकीय क्षेत्र घोषणा गर्ने निर्णय गरेको प्रदेश अर्थमन्त्री तथा सरकारका प्रवक्ता सैलेन्द्र साहले जानकारी दिए । मन्त्री साहका […]

मधेस प्रदेश :  ठोरी पहिलो पर्यटकीय क्षेत्र घोषणा, १० करोड बजेट विनियोजन

पर्साको ठोरीमा मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । मधेस प्रदेशकै पहिलो पर्यटकीय क्षेत्र ठोरी गाउँपालिकालाई घोषणा गर्दै बैठकले १० करोड रकम छुट्याउने निर्णय गरेको हो ।  ठोरी जंगल...