मधेस प्रदेश सरकारले पर्साको ठोरी गाउँपालिकालाई पर्यटकीय क्षेत्र घोषणा गरेको छ । ठोरीको राइधारामा शुक्रबार आयोजित सभामा प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पर्यटकीय क्षेत्र घोषणा गरेका हुन् । प्रदेश सरकारले ठोरीमा पर्यटकीय क्षेत्रको विकासका लागि १० करोड रुपैयाँको प्याकेजको घोषणा पनि गरेको छ ।