सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु क्षेत्र हिउँले सेताम्मे बनेको छ । हिजो पानी परेपछि गएराति हिमपात हुँदा खुम्बु क्षेत्र हिउँले ढाकेको हो ।
हिमपातका कारण लुक्ला भन्दा माथिल्लो क्षेत्र मनमोहक बनेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार हिमपातपछि विदेशी तथा स्वदेशी पर्यटक हिउँ खेल्न पुगेका छन् ।
वैशाखमा समेत हिउँ खेल्न पाएपछि निकुञ्ज क्षेत्रमा आएका पर्यटक उत्साहित भएका छन् । निकुञ्जको कार्यालय रहेको ठाउँ मुख्य भ्यु पोइन्ट भएकाले अहिले निकुञ्ज क्षेत्र हिउँ ...