राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन संशोधन विधेयक संसदमा फिर्ता पठाएपछि त्यसको पक्ष तथा विपक्षमा टिप्पणी भइरहेका छन् । कसैले नागरिकता विधेयक फिर्ता हुनु दलहरुको चुनावी फण्डा हो भनिरहेका छन् भने कतिपयले प्रमुख तीन दलकै मिलोमतोमा यी सब घटनाक्रम अगाडि बढेको टिप्पणी गरिरहेका छन् ।नागरिकताको समस्या वर्षौदेखि उठ्दै आएको विषय हो । यो समस्यालाई उठाएका सबैजसो मधेसवादी दलले पटकपटक सत्तामा हिस्सेदारी पाए । यद्यपि यो समस्याको दिगो समाधान भने अझै हुन सकेको छैन ।नेपाल सद्भावना पार्टी संस्थापक गज