नेकपा एमाले विभाजनसँगै अल्पमतमा रहेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय थप गर्दै बुधबार १० सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।जसमा ६ जना मन्त्री छन् भने ४ जना राज्यमन्त्री रहेका छन् । मुख्यमन्त्री शाक्यले सामाजिक विकास मन्त्रालयको जिम्मा विजय सुवेदीलाई दिएकी छन् […]