एनआईसी एशियाको खुद मुनाफा ३ अर्ब ६० करोड, प्रतिशेयर आम्दानी ४१.९४ रुपैयाँ

एनआईसी एशिया बैंकले तेस्रो त्रैमासमा ३ अर्ब ६० करोड रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको यो मुनाफा वार्षिक विन्दुगत आधारमा २० प्रतिशतको वृद्धि हो ।

सम्बन्धित सामग्री

राष्ट्रिय वाणिज्य बैंकको खुद मुनाफा ५ अर्ब २१ करोड रुपैयाँ

राष्ट्रिय वाणिज्य बैंकको आव.२०७८/७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरू प्रकाशित भएको छ । बैंकले यस अवधिमा रु.५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिमा बैंकको खुद मुनाफा ३ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा कर्जा लगानी तथा गुणस्तरमा उल्लेखनीय सुधार भई ब्याज आम्दानी बढेकाले खुद मुनाफा बढेको बैंकले जनाएको छ । आव २०७८/७९ को बैंकको खुद ब्याज आम्दानी रु.९ अर्ब ६७ करोड (गत वर्ष रु.८ अर्ब २४ करोड), कुल संचालन आम्दानी रु.११ अर्ब २७ करोड (गत वर्ष रु.९ अर्ब ७६

कृषि विकास बैंकको नाफा २४ प्रतिशतले घट्यो

१९ साउन, काठमाडौं । खुद ब्याज आम्दानीमा वृद्धि भएपनि ट्रेडिङ आम्दानी नहुँदा कृषि विकास बैंकको नाफा घटेको छ । बिहीबार बैंकले आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ६९ करोड रुपैयाँ मुनाफा आर्जन गरेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ५२ करोड ७५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको […]

ब्रोकरको आम्दानी : एक सय लगानी गर्दा ४ सय, वर्षमा ५० करोडसम्म नाफा

२६ असार, काठमाडौं । सेयर धितोपत्र दलाल व्यवसायीहरुले चुक्ता पूँजी बढाउने सरकारको प्रस्तावको औचित्यमाथि प्रश्न उठाएका छन् । तर, बजार बढ्दाको अवस्थामा ब्रोकरहरुले गर्ने आम्दानीले लगानीको तुलनामा उच्च हुने गरेको देखिएको छ । नेपाली (सेयर ब्रोकर) ले अघिल्लो आर्थिक वर्षमा मात्रै ७ अर्ब ५६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका थिए । आर्थिक वर्ष २०७७/०७८ […]

६ महिनामा नेपाल बैंकले कमायो १ अर्ब ४१ करोड नाफा

नेपाल बैंक लिमिटेडले चालु आ.व.को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ । प्रकाशित वित्तीय अनुसार बैंकले दोस्रो त्रैमाससम्म कुल १ अर्व ४१ करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ  । सो मुनाफा गत आ.व. सोहि अवधिकोे भन्दा करिब ५ प्रतिशतले बढि हो । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ८३ अर्व ३४ करोड पुगेको छ भने कर्जा लगानी १ खर्ब ७२ अर्ब ९१ करोड पुगेको छ । २७ वटा बाणिज्य बैंकहरुमध्य निक्षेप संकलन तथा कर्जा लगानी दुबैमा नेपाल बैंकले आक्रामक वृद्धि गरेको छ । निक्षेप संकलनमा १९.७९ प्रतिशत र कर्जा लगानीमा २७.९६ प्रतिशत वृद्धि गर्न सफल बैंक गत ६ महिनामा निक्षेप संकलन तथा कर्जा विस्तार गर्ने दोस्रो ठूलो बनेको छ ।  बैंकको खुद ब्याज आम्दानी १.८० प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३६.३६ प्रतिशतले बढेको छ । बैकले खराव कर्जाको अनुपातलाई  पनि उल्लेखनिय रुपमा घटाउन सफल भएको देखिएको छ । गत आ.व.को दोस्रो त्रैमासम्म कुल कर्जामा खराब कर्जाको अनुपात २.८८ प्रतिशत रहेकोमा यो आ.व.को दोस्रो त्रैमासमा त्यसमा उल्लेखनिय रुपमा कमि आई १.९१ प्रतिशत पुगेको छ ।  बैंकले ११३ शाखाहरु, १४७ एटिएम मेसिन साथै ४७ वटा एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।

हिमालयन डिस्टिलरीकाे नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो

काठमाडौं । हिमालयन डिस्टिलरीले चालु आर्थिक वर्ष २०७७/०७८ को तेस्रो त्रैमाससम्ममा ६७ करोड २७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७६/०७७ को तेस्रो त्रैमाससम्मा ४३ करोड ७१ लाख खुद मुनाफा कमाएको कम्पनीको खुद मुनाफा  ५३.८९ प्रतिशतले बढेको हो । कम्पनीले विक्री आम्दानी ९ प्रतिशल मात्रै विस्तार...

प्रोभिजन राइट ब्याक र सेयर कारोबारको पुँजीगत लाभले बढ्यो बैंकहरुको नाफा

काठमाडौं । मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी घटे पनि गैरबैंकिङ आम्दानी बढ्दा बैंकरुको खुद मुनाफा बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २७ वटा वाणिज्य बैंकले ५० अर्ब ७४ करोड २५ लाख १० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा बैंकहरुको खुद...

टेलिकमको खुद मुनाफा १५ अर्ब

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले गत आर्थिक वर्षमा ४४ अर्ब ८३ करोड रुपैयाँ आम्दानी गरेको छ । गत आवको टेलिकमको