निर्वाचन आयोगले मंसिर ४ गते हुने आम निर्वाचनमा नियमित अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई लेखी पठाउने निर्णय गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता, २०७९ र पत्रकार आचारसंहिता, २०७३ अनुरुप भए/नभएको बारे नियमित अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई लेखी पठाउने निर्णय गरेको हो ।सञ्चारमाध्यमको अनुगमनको क्षेत्राधिकार काउन्सिलभित्र पर्ने भएकोले सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रशारण हुने सामग्री निर्वाचन आचारसंहिता, २०७९ र पत्रका