काठमाडौं, ४ भदौ । २०४७ सालको संविधान राष्ट्रिय अभियानले नागरिकता विद्येयक प्रमाणिकरण नगर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ । विद्येयकको विरोधमा अभियानले भोलि राष्टपति कार्यालयअघि धर्ना दिने पनि घोषणा गरेको छ। अभियानले राष्ट्रपति विद्यादेवी भण्डारीले सदनमा फिर्ता पठाएको नागरिकता विद्येयक असंवैधानिक, राष्ट्रघाती भएको भन्दै सदनले प्रमाणिकरणको लागि पठाएपनि अस्विकार गर्नुपर्ने माग गरेको छ । […]