काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी गत आवको चौथो त्रैमाससम्ममा रू. २ करोड ५९ लाख नोक्सानीमा छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा भने कम्पनी रू. ३ करोड ५० लाख नाफामा थियो ।
गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज र गैर सञ्चालन खर्च बढेकाले नोक्सानीमा गएको हो । अघिल्लो अघिल्लो आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. ७ लाख ३५ हजार रहेकोमा गत आवमा बढेर रू.२ करोड ४१ लाख पुगेको छ ।
त्यस्तै कम्पनीको गैरसञ्चालन खर्च अघिल्लो आवमा रू. ३ करोड ९२ लाख रहेकोमा गत आवमा बढेर रू. ८ करोड ४७ लाख पुगेको हो ।
कम्पनीको चुक्ता पूँजी रू. ३६ करोड ७१ लाख छ । जगेडामा कम्पनीले रू. १७ करोड ३८ लाख सञ्चिति गरेको छ । कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी ७ रुपैयाँ ०८ पैसा ऋणात्मक छ । त्यस्तै कम्पनीको तरलता अनुपात ८ दशमलव ८६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३४ दशमलव १६ छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्