नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई सुदृढ बनाउनुको विकल्प नरहेको बताउनुभएको छ । बैतडीको पाटनमा सोमबार एमाले बैतडीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले पार्टीलाई सुदृढ बनाएर राष्ट्रिय शक्तिका रूपमा अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, “एमालेलाई सुदृढ बनाउनुपर्छ, पार्टीलाई एकताबद्ध भएर लैजानुपर्छ । एमाले जनताको बलमा बाँचेको पार्टी …