काठमाण्डौ, ६ फागुन । कोभिड १९ महामारीको कारण उत्पन्न रगत अभावलाई पूर्ति गर्न खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । राष्ट्रिय युवा संघ तारकेश्वर नगरकमिटीको आयोजनामा सप्ताह–व्यापी रक्तदान कार्यक्रम हुन लागेको राष्ट्रिय युवा संघ तारकेश्वर नगरकमिटीका संयोजक सुमन महर्जनले बताए । कार्यक्रम तारकेश्वर नगरपालिका वडा नं. ११ शेषमतीमा एक हप्तासम्म सञ्चालन गरिने छ । […]