राष्ट्रिय भूमि आयोग चितवनले जिल्लाका स्थानीय तहहरूमा जग्गाको निस्सा बाँड्ने अभियान तीव्र पारेको छ । भूमिहीनहरूलाई लालपुर्जा वितरण प्रक्रियाका लागि निस्सासँगै जग्गा नापजाँच कार्य तीव्र पारेको राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष राष्ट्रिय बद्री तिमिल्सिनाले जानकारी दिए ।यतिबेला जिल्लाको भरतपुर महानगरसहित कालिका नगरपालिका र माडी नगरपालिकामा समेत आयोगले निस्सा वितरण र नाँपजाँच तीव्र पारेको तिमिल्सिनाले बताए । सोही अभियान अन्तर्गत आज भरतपुर महानगरको वडा नम्बर १२ मा भरतपुर महानगरकी मेयर रेनु दाहा