दमौली, पुस २३ । तनहुँको म्याग्दे गाउँपालिकाले भूमिहीन सुकुम्वासी परिवारलाई निस्सा वितरण सम्पन्न गरेको छ। हरेक नेपालीलाई भूमिको अधिकार दिलाउने गरी अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्वासी र भूमिहीन दलितको लगत संकलन गरी गाउँपालिकाले निस्सा वितरण गरेको हो। अव्यवस्थितरुपमा बसोबास गर्दै आएका सुकुम्वासी परिवारहरू निस्सा पाएपछि लालपुर्जा पाउने आशमा खुसी देखिएका छन्। म्याग्दे गाउँपालिका-४ निवासी कल्पना नेपालीले […]