आईपीएल क्रिकेटमा आज राजस्थान र गुजरात खेल्दै

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स खेल्दैछन् । खेल बेलुका पौने आठ बजे मुम्बईमा हुनेछ । राजस्थान यसअघिका ४ खेलमा ६ अङ्क जोडेर शीर्ष स्थानमा छ । आईपीएलमा नवप्रवेशी टोली गुजरातले पनि चार खेलमा ६ अङ्क जोडेको छ । गुजरात पाँचौँ स्थानमा छ । यसअघि गएराति भएको खेलमा पञ्जाब किङ्ग्स मुम्बईलाई १२ रनले हराउँदै तेस्रो स्थानमा उक्लिएको छ । अङ्कतालिका अनुसार कोलकाता नाइट राइडर्स ५ खेलमा ६ अङ्कका साथ दोस्रो, पञ्जाब किङ्ग्स तेस्रो र लखनउ चौथो स्थानमा छ ।  

सम्बन्धित सामग्री

गुजरात टाइटान्सलाई पहिलो सहभागितामा नै आईपीएलको उपाधि

१६ जेठ, काठमाडौं । कप्तान हार्दिक पाण्ड्याको अलराउण्ड प्रदर्शनको मद्दतमा गुजराज टाइटान्सले इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधि जितेको छ । पहिलो पल्ट आईपीएल क्रिकेट खेलिरहेको गुजराजले फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराएर उपाधि उचालेको हो । गुजरातलाई उपाधि जिताउन कप्तान पाण्ड्याले बलिङतर्फ तीन विकेट मात्र लिइनन्, ब्याटिङतर्फ ३४ रन पनि बनाए । राजस्थानले टस […]

आईपीएल: फाइनल प्रवेशको लागि राजस्थान र बैंगलोर भिड्दै

एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेट अन्तर्गत आज हुने दोस्रो क्वालिफायरमा दुई रोयल्स क्लब राजस्थान रोयल्स र रोयल्स च्यालेन्जर्स बैंगलोर भिड्दैछन् । अहमदाबादमा हुने खेल बेलुकी ७:४५ बजे शुरु हुनेछ । आज हुने खेल दुवै टोली जीत निकाल्दै फाइनल पुग्ने लक्ष्य साथ मैदान उत्रिनेछन् । आज खेलमा जीत निकाल्ने टोलीले आइतबार हुने फाइनलमा गुजरात टाइटान्सको […]