काठमाडौं । व्यवसायीहरूले खानेतेल उत्पादन गर्ने कच्चा पदार्थको मूल्य करीब ४० प्रतिशतले बढेको बताएका छन् ।
उद्योग संगठन मोरङले सोमवार विज्ञप्ति जारी गर्दै अन्तरराष्ट्रिय बजारमा उकालो लागिरहेको इन्धनको मूल्य र रुस–युक्रेन युद्धका कारण खानेतेल उत्पादन गर्ने कच्चा पदार्थको मूल्य बढेको बताएको हो ।
उद्योग संगठन मोरङले जनवरी २०२२ मा मुख्य कच्चा पदार्थका रुपमा रहेको क्रुड सोयावीन तेल, क्रुड सनफ्लावर तेल, क्रुड पाम आयल र तोरिको दानाको मूल्य १ हजार ५२५ डलर प्रतिटन रहेकोमा पछिल्लो समय २ हजार १२५ डलर पुगेको उल्लेख गरेको छ । उक्त वृद्धि ३९ दशमलव ३५ प्रतिशत हो ।
खनेतेल उत्पादनका लागि आयात गरिने उक्त कच्चा पदार्थ व्यवसायीले ब्राजिल, अर्जेन्टिना, क्यानाडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशबाट आयात गर्दै आएका छन् ।
‘विगत केही समययता अन्तरराष्ट्रिय बजारमा उकालो लागिरहेको पेट्रोलियम पदार्थको मूल्य, रुस र युक्रेन वीच जारी युद्धका साथै डलरको बढदो विनियम दरका कारण खानेतेल, उपभोग्य वस्तु, खाद्य सामाग्री, निर्माण सामाग्री लगायतका वस्तुको मुल्य निरन्तर उकालो लागिरहेको छ’ उद्योग संगठन मोरङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘खाने तेल उत्पादन गर्ने उद्योगहरुको मुख्य कच्चा पदार्थ यसअघि जनवरी २०२२ मा १ हजार ५२५ डलर प्रति मेट्रिक टनमा आयात भईरहेकोमा हाल २ हजार १२५ डलरसम्म खर्च गर्नुपरिरहेको छ ।’
त्यस्तै ईन्धनमा भईरहेको मूल्य वृद्धिले तेस्रो मुलुकदेखि उद्योग परिसरसम्मको ढुवानी भाडाका साथै वढ्दो बैंक व्याज दरले उद्योगहरुको वस्तु उत्पादन लागत निरन्तर वृद्धि भईरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अधिकांश उद्योगहरु विदेशी कच्चा पदार्थमा नै निर्भर रहेकाले अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा उतारचढाव आउँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली उद्योगको उत्पादनमा पर्ने गरेको उद्योगीको भनाइ छ ।
अन्तरराष्ट्रिय बजारमा भइरहेको महँगीका कारण नेपालमा पनि महँगी भइरहेको र त्यसलाई रोकेर उपभोक्तालाई राहत दिनका लागि कर हटाउनुपर्ने माग उद्योगीले गरेका छन् ।
‘अन्तर्राष्ट्रिय अभ्यासहरुमा वस्तुको मूल्य वृद्धि भएको अवस्थामा आम उपभोक्तालाई राहत दिन सरकारले कच्चा पदार्थ लगायत उत्पादनको क्रममा प्रयोग हुने वस्तुमा लगाउँदै आएको करमा कटौती गरी उपभोक्तालाई राहत दिने प्रचलन रहिआएको छ’ विज्ञप्तिमा थप भनिएको छ, ‘विश्वको हालको बदलिदो परिस्थितीलाई मध्यनजर गरी स्थिति सहज नहुन्जेलसम्म सोही अनुरुपको अभ्यासलाई कार्यान्वयनमा ल्याउनु पर्दछ ।’
असोज १, विराटनगर । अन्तरराष्ट्रिय बजारमा खानेतेलको कच्चा पदार्थको मूल्य बढेका कारण नेपालमा समेत त्यसको असर परेकाले उपभोक्तालाई राहत दिन सरकारले भन्सार शुल्क घटाउनु पर्ने उद्योगीले माग गरेका छन ।
भारतले खाने तेलको मूल्य वृद्धिपछि दुई पटक भन्सार शुल्क घटाएको छ । कोरोना महामारीको कारण २० महीनामा नेपाली बजारमा तोरी तेलको मूल्य झण्डै १०० रुपैयाँले वृद्धि भएको छ ।
कोरोना महामारीका कारण विश्व बजारमा समेत असर परेकाले तोरीको मूल्य २० महीना अघि ४५० डलरबाट बढेर प्रतिक्विन्टल ८५० पुगेपछि तोरीको तेलको मूल्य नेपाली बजारमा प्रतिलिटर १९० बाट २८० पुगेको श्याम एग्रो प्रोडक्ट घरेलु तेल उद्योगका सञ्चालक श्रवणकुमार अग्रवालले बताए ।
अन्तरराष्ट्रिय बजारमा तोरीको दानाको मूल्य बढेमा दशैंमा पनि तोरीको तेलको मूल्य बढ्न सक्छ भने घटेमा घट्न सक्ने उनले बताए ।
उनले भारतमा जस्तै नेपाल सरकारले पनि तोरीको दाना आयतमा लाग्दै आएको ५ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याटलाई उपभोक्ताको हितमा हटाउनु पर्ने माग गरे । त्यसो गरेमा तत्काल उपभोक्ताले पहिले कै मूल्यमा तेल किन्न पाउने अवस्था आउने बताए । सरकारले भन्सार र भ्याटमा कुनै परिवर्तन नगरे अन्तराष्र्टिय रुपमा कच्चा पदार्थको मूल्य बृद्धि हुनासाथ नेपाली उपभोक्ताले थप ब्याय ब्यहोर्नु पर्ने अवस्था आउने बताए ।
नेपाल बनस्पति ध्यू तथा तेल उत्पादक संघले पनि एक विज्ञप्ति जारी गर्दै खानेतेलको अन्तरराष्ट्रिय बजारमा क्रुड आयल र तोरीको दानाको मूल्य बढेकाले नेपाली बजारमा पनि मूल्य बढेको बताएको छ ।
संघका अध्यक्ष सन्दिपकुमार अग्रवालले संघसंग आवद्ध २० ओटा उद्योगले मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुवाट आयात गरि तयारी बस्तु स्थानिय बजार र निकासीसमेत गर्दै आएकोमा केही समयदेखि कच्चा पदार्थको अस्वभाविक मूल्यवृद्धि र ढुवानी भाडाको कारण उत्पादन लागत बढ्न गएकाले मूल्य वृद्धि भएको बताएका छन् ।
अन्तरराष्ट्रिय वजारवाट कच्चा पदार्थ आयात गर्दा अन्तरराष्ट्रिय वजारको व्यापार अनुरुप नै नेपालको वजारको समेत मूल्य निर्धारण हुने भएकाले २० महीना देखिनै कोरोनाको कारण क्रुड तेल उत्पादन हुने देशहरुमा भएको भीषण सुक्खाको कारण र अन्य राजनीतिक समस्याहरुले खाने तेलको मूल्यमा अस्वाभाविक रुपमा बढ्न भएको अग्रवालले बताए ।
नेपाल मात्र नभएर भारत लगायत अन्य मुलुकमा समेत खाने तेलको मूल्य वृद्धि भएको उनको भनाइ छ । नेपाल उद्योग बाणीज्य महासंघ केन्द्रीय सदस्य तथा एभरेष्ट सोलभेन्टका सञ्चालक अविनाश बोहोराले अन्तरराष्ट्रिय कच्चा पदार्थमा आधारित उद्योगहरु भएकाले अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थमा हुने उतारचढावले यहाको बजार समेत प्रभावित हुने बताए ।
कोभिडको महामारी, अन्तरराष्ट्रिय स्तरमा बढेको ढुवानी भाडा र प्याकिङ सामाग्रीको समेत मूल्य बढेकाले अहिले खानेतेलको मूल्य बढेको हो । मूल्य बढ्दा जहिले पनि उद्योगीहरु मात्रै निशानामा पर्ने गरेको बताउदै बोहोराले सरकारले उपभोक्ताको हितको लागि भन्सार शुल्क घटाउनु पर्ने बताए ।
भारत सरकारले अहिले खानेतेलको मूल्य बढेपछि उपभोक्तालाई मार नपरोस भनेर दुई दुई पटक भन्सार शूल्क घटाएको छ तर नेपाल सरकारले किन त्यसो गर्न सकिरहेको छैन । भोलि समान्य अवस्थामा मूल्य फर्केपछि पुन : भन्सार लगायतको कर लगाउँदा हुने उनले सुझाए ।
सन् २०२० को अप्रिलबाट सोयाविन, सनप्लावर र तोरीको तेलेको अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धि हुन थालेको हो । अप्रिलमा ५८९ डलर प्रतिटन मूल्य भएको क्रुड सोयाविन तेल सन् २०२१ मे महीनासम्ममा १ हजार ३६३ डलर प्रतिटन पुगेको उद्योग संगठनका कोषाध्यक्ष तथा क्वालिटि आयल रिफाइनरी संचालक विपिन कावराले बताए । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य घटेपछि बजारमा पनि खानेतेलको मूल्य घटिरहेको उनले उल्लेख गरे ।
एक वर्षअघि ७०४ डलरमा युक्रेनबाट ल्याएको कु्रड सनफ्लावरको तेलको मुल्यमा वृद्धि भई मे २०२१ मा प्रतिमेट्रिक टन १ हजार ४९५ पुग्योे । जसमा यूरोपबाट प्रकाशित हुने आयल वल्र्डको २८ मे २०२१ को डकुमेन्टमा समेत यो जानकारी स्पष्ट रुपमा उल्लेख भएको कावराले बताए ।
त्यसैगरी २०२१ जुलाई २ मा प्रकाशित आयल वल्र्ड रिपोर्टमा एक महीनामा क्रुड सोयाविनको तेलको मूल्य प्रतिमेट्रिन टन १ हजार ९५ डलर र सनफ्लावर तेलको मूल्य १ हजार १६० डलरमा झरेको थियो ।
खानेतेलमा भन्सार महशुल १० प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत छ । १७ महीनामा कच्चा पदार्थको मूल्यमा भएको दोब्वरभन्दा बढि मूल्य वृद्धिका कारण गत वर्षमा महशुल सरदर २० रुपैया प्रतिलिटर रहेकोमा हाल सरदर ४५ रुपैयाँभन्दा बढि पुगेको छ ।