धनुषा – मधेश प्रदेशमा प्रतिनिधिसभातर्फ ५ सय १ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगले जारी गरेको तथ्यांक अनुसार प्रत्यक्षतर्फ प्रदेशका ८ वटै जिल्लामा प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यका लागि ५ सय ९१ जना चुनावमा भाग लिएको मध्ये ५ सय १ जनाको जफत भएको हो । ३२ जना निर्वाचितसहित ९० जनाले मात्र आफ्नो जमानत जोगाएका छन् ।
आयोगको तथ्यांक अनुसार धनुषामा १ सय २ जना उम्मेदवारी दिएकोमा ९० जनाको जमानत जफत भएको छ । महोत्तरीमा ६७ जनामा ५४ जना, सर्लाहीमा ६९ जनामा ५८ जना, रौतहटमा ६८ जनामा ५९, बारामा ७...