कालीकोट – यही मङ्सिर ४ गते भएकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा कालीकाेटमा उम्मेदवारी दिएकामध्ये १० जनाकाे जमानत जफत भएको छ । प्रतिनिधि सभाका पाँच र प्रदेश सभाका पाँच गरी १० जनाको जमानत जफत भएको हो ।
सदर मतको दश प्रतिशत मत कटाउन नसकेपछि उनीहरूकाे जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले बताउनुभयो । कालीकोटमा प्रतिनिधि सभातर्फ ४४ हजार दुई सय ६६ मत सदर हुँदा विजयी र प्रमुख प्रतिस्पर्धी उम्मेदवारबाहेक अरू कसैले पनि १० प्रतिशत मत ल्याउन सकेनन् ।
धरौटी जफत हुनेहरूमा नेपाली कांग्र...