स्याङ्जामा पाँच जोन निर्धारण गरी परियोजना सञ्चालन

स्याङ्जा । स्याङ्जामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पाँचओटा जोन निर्धारण गरी परियोजना सञ्चालन गरिएको छ । जिल्लामा हाल सुन्तला र कफी गरी दुई सुपरजोन, मसलाबाली, आँप लिची र भैंसी गरी तीन जोन निर्धारण गरी काम अगाडि बढाइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख माधव लम्सालले जानकारी दिए । प्रमुख लम्सालका अनुसार २०७३ सालको साउनदेखि पुतलीबजार नगरपालिकाका आठ वडा, भीरकोटका ६ वडा, अर्जुनचौपारीका दुई वडा र वालिङ नगरपालिकाको एउटा वडा गरी १७ वडामा कूल एक हजार १०० हेक्टर क्षेत्रफलमा सुन्तला जोन निर्धारण गरी काम सुरु गरिएको थियो । सत्र वडामा मात्रै सीमित रहेको सुन्तला जोनलाई २०७५/७६ मा विस्तार गरी पुतलीबजार, भीरकोट, वालिङ नगरपालिका र अर्जुनचौपारी गाउँपालिकाका १९ ओटा वडामा कुल एक हजार १५० हेक्टर क्षेत्रफल बनाइएको थियो । हाल सुन्तला सुपरजोनको कार्यक्षेत्र विस्तार गरी कम्तीमा दश हेक्टर क्लष्टरमा सुन्तलाखेती हुने स्याङ्जाका सबै वडालाई समेटेर कूल एक हजार ५८५ हेक्टर क्षेत्रफलमा विस्तार गरिएको कार्यालय प्रमुख लम्सालले जानकारी दिए । आव २०७६/७७ मा जिल्लाको गल्याङ नगरपालिकाका ११ वडालाई समेटेर मसलाबाली जोन निर्धारण गरिएको थियो । हाल कार्यक्षेत्र विस्तार गरी कम्तीमा १० हेक्टर क्लष्टरमा अदुवा तथा बेसारखेती हुने गल्याङ, वालिङ, चापाकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकाका सबै वडालाई समेटेर २४५ हेक्टर क्षेत्रफलमा मसलाबाली जोन सञ्चालन गरिएको कार्यालय प्रमुख लम्सालले बताए । आव २०७८/७९ मा चापाकोट नगरपालिकाका १० वडालाई समेटेर आँप/लिची जोन निर्धारण गरिएको छ । रासस

सम्बन्धित सामग्री

तीन लघुबीमा कम्पनीको कारोबार अझै शुरू भएन

काठमाडौं। नेपाल बीमा प्राधिकरणबाट लघुबीमा व्यवसाय सञ्चालन गर्ने ‘लाइसेन्स’ पाएका सात कम्पनीमध्ये चारले कारोबार शुरू गरेका छन् । बाँकी तीन कम्पनी प्राधिकरणले तोकेको समयमा निर्धारित चुक्ता पूँजी पुर्‍याउन नसक्दा सञ्चालनमा आउन सकेका छैनन् । प्राधिकरणका अनुसार अहिले ती कम्पनीले भौतिक पूर्वाधार निर्माण, सफ्टवेयर जडानलगायत काम गरिरहेका छन् ।  प्राधिकरणले गत मङ्सिर ११ मा तीन लघु जीवन बीमा र चार लघु निर्जीवन बीमा गरी सात कम्पनीलाई लाइसेन्स दिएको थियो । तीमध्ये गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले कारोबार शुरू गरिसकेका छन् । प्राधिकरणका उपनिर्देशक शाम्बराज लामिछाने लाइसेन्स पाएका चारओटा लघुबीमा कम्पनीले करोबार शुरू गरिसकेको र बाँकी तीन कारोबार शुरू गर्ने प्रक्रियामै रहेको बताउँछन् । ‘कम्पनीले प्राधिकरणले निर्धारण गरेको चुक्ता पूँजी तोकिएको समयमा नै पुर्‍याउन नसक्दा केही ढिला भएको हो । अहिले भने कम्पनीहरूले प्राधिकरणले निर्धारण गरेको चुक्ता पूँजी पुर्‍याइसकेका छन्,’ उनले भने, ‘अहिले उनीहरूले भौतिक पूर्वाधार निर्माण, सफ्टवेयर जडान, कर्मचारी नियुक्तिलगायतको काम गरिरहेका छन् ।’  प्राधिकरणका उपनिर्देशक लामिछानेले स्टार माइक्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको प्रक्रिया अन्तिम चरणमा पुगेकाले तिनीहरूले १ महीनाभित्रै कारोबार शुरू गर्ने बताए । ‘ट्रस्ट माइक्रो इन्स्योरेन्सको भौतिक पूर्वाधार निर्माणलगायत काम बाँकी भएकाले केही ढिला हुन सक्छ,’ उनले भने ।  लघुबीमा कम्पनीहरूले दुर्गम, ग्रामीण तथा शहरी क्षेत्रका सीमान्तकृत र न्यून आय भएका समुदायलाई भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरण गर्न बीमा गर्छन् । प्राधिकरणका अनुसार लघुबीमा कम्पनीले न्यून आय भएका परिवारको पहिचानका लागि स्पष्ट मापदण्ड तयार गरी सहुलियत दरमा लघुबीमा सेवा प्रवाह गर्ने व्यवस्था गर्नुपर्छ । लघुबीमा कम्पनीहरूले गरीबी निवारणसम्बन्धी विभिन्न कार्यक्रम र परियोजना सञ्चालन गर्नुका साथै लघु उद्यमशीलताको विकास गर्न लक्षित वर्गको सम्पत्ति तथा जीवनमा पर्ने जोखिम सुरक्षण गर्ने गरी बीमालेख जारी गर्नुपर्छ । सञ्चालनमा आएका चारओटा लघुबीमा कम्पनीले हालसम्म ७ सय २१ ओटा बीमालेख जारी गरेको नेपाल बीमा प्राधिकरणले जानकारी दिएको छ । सञ्चालनमा आएको २ महीनामा दुई लघु जीवनबीमा कम्पनीले ६ सय ९३ ओटा बीमालेख जारी गरेका छन् । यस्तै निर्जीवन बीमातर्फ २ महीनाको अवधिमा दुई कम्पनीले २८ ओटा बीमालेख जारी गरेका छन् । साउनमा मात्रै चार लघुबीमा कम्पनीले साढे २६ करोड रुपैयाँभन्दा बढी बीमांकको बीमालेख जारी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चार कम्पनीले साउनमा २६ करोड ५० लाख बीमांक रकमको बीमालेख जारी गरेका छन् । असारमा भने ती कम्पनीले ७ करोड रुपैयाँभन्दा बढी बीमांकको बीमालेख जारी गरेका थिए ।

अन्तरराष्ट्रिय चेन होटल शिन्तामणी नेपाल भित्रियो, १ अर्ब १० करोड लगानी

चैत २१, काठमाडौं । अन्तरराष्ट्रिय ‘चेन होटल’का रुपमा रहेको शिन्तामणी होटलले नेपालमा आफ्नो सेवा दिने भएको छ ।             मुस्ताङ्को चर्चित मोक्ष होटलको व्यवस्थापनलाई शिन्तामणि होटलले लिएको हो । शेर्पा हस्पिलाटिली ग्रुपअन्तर्गत सञ्चालन भइरहेको मोक्ष होटलको व्यवस्थापन अब शिन्तामणी होटलले गर्ने बताएको छ । शिन्तामणि होटलले विश्वका विभिन्न स्थानमा आरामदायि होटल सञ्चालन गर्दै आएको छ । यती समूहअन्तर्गत सञ्चालित विभिन्न होटलमध्ये मोक्ष होटल पनि एक चर्चित होटल मानिन्छ ।             शिन्तामणि विश्व बजारमा जंगलका बीचमा महँगो होटल सञ्चालन गरेर ख्याति कमाएको ‘ब्राण्ड’ हो । १ अर्ब १० करोड रुपैयाँ लगानीमा निर्माण भई सञ्चालनमा रहेको सो रिसोर्टको व्यवस्थापन भने आगामी अक्टोबरदेखि सम्हाल्ने गरी दुई पक्षीय सम्झौता भएको हो ।             रिसोर्टको सम्पूर्ण व्यवस्थापन सम्हाल्ने गरी सम्झौता भएको यति ग्रुपका अध्यक्ष सोनाम शेर्पाले जानकारी दिए। सो ब्राण्डले खर्चालु पर्यटकका लागि लक्षित गरी निर्माण गरिएका होटल तथा रिसोर्टको व्यवस्थापन सम्हाल्दै आएको छ ।             कम्पनीले न्यूनतम तीन दिनको बुकिङ लिने भएकाले १ हजार ५०० देखि ३ हजार डलरसम्म एउटा कोठाको मूल्य निर्धारण गरी प्याकेज विक्री हुने बताएको छ । कोठा, हवाई स्थानान्तरण, गतिविधि, स्पा, खाना र पेय पदार्थ सबै प्याकेजमा समावेश हुने बताइएको छ ।             अमेरिकन आर्किटेक बिल बेन्स्लीले शिन्तामणि होटल ब्रान्डको शुरुआत गरेका हुन् । कम्बोडियाको जङ्गल पर्यटनमा आफ्नो प्रयोग सफल भएको र नेपालमा पनि सफल हुने उनको विश्वास छ । विश्वभरका पर्यटकलाई थकाइ मार्ने मुख्य गन्तव्य जोमसोम बनाउने उद्देश्यका साथ काम शुरु गरिएको बताइएको छ ।             शेर्पा हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत नाम्गेल शेर्पाले नेपाललाई विलासी साहसिक गन्तव्यको रूपमा विश्वबजारमा परिचित गराउन होटलले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले लक्जरीयस सुविधा खोज्ने पर्यटकलाई अन्तरराष्ट्रियस्तरको सेवा सुविधा दिन पाउने अवसर जुरेकोमा खुसी व्यक्त गरे ।        कोभिड–१९ महामारीका कारण लामो समयसम्म बन्द भएको मोक्ष होटलको व्यवस्थापनको जिम्मेवारी फेरिएसँगै नेपालमा खर्चालु पर्यटक बढ्ने अनुमान गरिएको छ । महामारीका कारण दुई वर्ष होटलका लागि निकै चुनौतीपूण रहेको र अब होटललाई नयाँ ढङ्गले सञ्चालन गर्ने योजना अनुरुप शिन्तमणि होटलसँग सहकार्य गरिएको सीईओ शेर्पाको भनाइ छ ।             शिन्ताममणि होटसका निर्देशकसमेत रहेको आर्किटेक्चर बेन्स्लीले मोक्ष होटलले स्तरीय सेवा सुविधा उपलब्ध गराउने जानकारी दिए । अर्का निर्देशक जोसन फ्राइडम्यानले आफू नेपालमा पछिल्लो ३० वर्षदेखि भ्रमण गरिरहेको र नेपालमा पनि परियोजना सञ्चालन गर्ने रहर पहिलादेखि रहेकाले अहिले साकार भएको बताए ।        मोक्ष होटल समुद्री सतहबाट २ हजार ८०० मिटरको उचाइमा रहेको छ । शिन्तामणि होटलले पछिल्लो समय कम्बोडियामा पनि आरामदायि होटल सञ्चालन गर्दै आएको छ ।  रासस

कृषि उत्पादन र उत्पादत्वमा वृद्धि

विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन भएपछि कृषि उत्पादन र उत्पादकत्व बढेको पाइएको छ । स्वदेशी सोच र स्वदेशी पूँजी एवं ज्ञान खर्चिने यो परियोजना सञ्चालनमा आएपछि बालीनालीमा विविधता आएको र उत्पादन बढी रोजगार पनि सृजना भएको सहभागीले बताएका छन् । सो परियोजनाको प्रदेश कार्यान्वय एकाइ मोरङद्वारा सुनसरीको झुम्कास्थित कृषि व्यावसायिक प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रमा आयोजित क दोस्रो त्रैमासिक तथा अर्धवार्षिक प्रगति समीक्षा गोष्ठीमा सहभागीले सो धारणा राखेका हुन् । सुपर जोन, जोन, ब्लक तथा पकेट क्षेत्र निर्धारण गरी सञ्चालित यो परियोजनाबाट साना सिँचाइ, बीउबिजन, प्रशोधन, यान्त्रिकीकरणको विस्तार, समूहको गठन, चक्लाबन्दी खेतीको विस्तार भएको पाइएको छ । कम लागतमा बढी उत्पादन गर्न परियोजनाले कृषकलाई अनुदान दिने, यान्त्रिकीकरणमा सहयोग गर्ने, खेत खनजोत गर्न पावर टेलर, ट्र्याक्टरजस्ता अन्य उपकरणमा सहयोग र प्राविधिक ज्ञान दिने गर्दछ ।      परियोजनाका प्रमुख विनोद मण्डलले यस प्रदेशमा धान सुपर जोन एक, अलैंची जोन पाँच, मकै जोन तीन, आलु जोन, दुई, तरकारी जोन पाँच, सुन्तला जोन पाँच, अदुवा बेसार जोन तीन रहेको प्रष्ट पार्दै चालु आवको दोस्रो त्रैमासिक अवधिमा कुल १२ करोड ८२ लाख ३१ हजार खर्च भएको जानकारी दिए । उनले प्रदेश १ मा कृषिका ५२ वटा ब्लक र पशुका २९ ओटा ब्लक रहेको स्पष्ट पार्दै परियोजना कार्यान्वयनमा देखिएका समस्यामा नीतिगत, प्राविधिक र व्यवस्थापकीय सुधार हुनुपर्ने बताए । तेह्रथुम र धनकुटा परियोजना एकाइका प्रमुख बौआलाल चौधरीले चालू आवको दोस्रो त्रैमासिक अवधिमा आफ्ना कार्यक्षेत्रमा सुन्तला ९ करोड ८७ लाख ५२ हजार र अलैंची १६ करोड २० लाख मूल्य बराबरको उत्पादन भएको जानकारी दिए । परियोजना कार्यान्वयन एकाइ संखुवासभाको प्रमुख लक्ष्यबहादुर चौधरीले यस जिल्लामा अलैंची दुई हजार २५० हेक्टर र सुन्तला ९०० हेक्टर लगाइएको जानकारी दिए । यहाँ समूह २३, सहकारी १० कृषि फर्म १३८ रहेको उनले बताए ।      परियोजना कार्यान्वयन एकाइ झापाका प्रमुख रवीन्द्र सुवेदीले परियोजनाबाट सामूहिकरुपमा खेती गर्ने परम्परा बढेको जानकारी दिए । यस्तै बंगुर नश्ल, माछा भुरा, धान बीउ स्रोत केन्द्र सञ्चालन भएको र बीउमा आत्मनिर्भर भएको उनले बताए । कोशी क्षेत्रमा खेर गएको बलौटे जग्गामा कागती खेती विस्तार एवं माछा पोखरी निर्माण हुनु परियोजनाको उपलब्धि भएको उनले बताए । सो अवसरमा परियोजना व्यवस्थापन एकाइ खुमलटारका वरिष्ठ कृषि अधिकृत डा. जित चन्दले परियोजनाले नेपाली जनतालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने र प्रशस्त रोजगारी सृजना गर्ने उद्देश्य रहेकाले यसमा सबैले आ–आफ्ना दायित्व पूरा गर्न आग्रह गरे । रासस

प्रदेश १ मा बढ्यो कृषि उत्पादन

विराटनगर : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन भएपछि कृषि उत्पादन र उत्पादकत्व बढेको पाइएको छ। स्वदेशी सोच र स्वदेशी पुँजी एवं ज्ञान खर्चिने यो परियोजना सञ्चालनमा आएपछि बालीनालीमा विविधता आएको र उत्पादन बढी रोजगार पनि सिर्जना भएको सहभागीले बताएका छन्।उक्त परियोजनाको प्रदेश कार्यान्वय एकाइ मोरङद्वारा सुनसरीको झुम्कास्थित कृषि व्यावसायिक प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रमा आयोजित दोस्रो त्रैमासिक तथा अर्धवार्षिक प्रगति समीक्षा गोष्ठीमा सहभागीले उक्त धारणा राखेका हुन्। सुपर जोन, जोन, ब्

स्याङ्जामा पाँच जोन निर्धारण गरी परियोजना सञ्चालन

वालिङ, २० मङ्सिर: स्याङ्जामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पाँचवटा जोन निर्धारण गरी परियोजना सञ्चालन गरिएको छ । जिल्लामा हाल सुन्तला र कफी गरी दुई सुपरजोन, मसलाबाली, आँप लिची र भैँसी गरी तीन जोन निर्धारण गरी काम अगाडि बढाइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख माधव लम्सालले जानकारी दिए । प्रमुख लम्सालका अनुसार २०७३ सालको साउनदेखि पुतलीबजार […]

शिक्षामन्त्री श्रेष्ठको पहिलो कार्यकालमा भएका उपलब्धि सार्वजनिक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आफ्नो पहिलो कार्यकालमा भएको प्रगति विवरण सार्वजनिक गरेका छन् । शुक्रवार दोस्रोपटक मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मन्त्री श्रेष्ठले यसअघिको साढे चारमहीने कार्यकालमा भएका दर्जनौं उपलब्धि सार्वजनिक गरेका हुन् । मन्त्री श्रेष्ठको पहिलो कार्यकालमा ६ अर्ब रुपैयाँ बराबरको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन भएको महŒवपूर्ण उपलब्धिको रूपमा उल्लेख गरिएको छ । यो कार्यक्रम कार्यान्वयनका लागि चालू आर्थिक वर्ष २०७७/७८ मा ६ हजार ३६ विद्यालयमा परियोजना सञ्चालन हुनेगरी ५ अर्ब ७ करोड ४१ लाख ५० हजार वित्तीय हस्तान्तरण भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को निर्णयबाट लामो समयदेखि कायम रहेको कक्षा ११ को पाठ्यक्रमको विवाद निरूपणलाई पनि मन्त्री श्रेष्ठले उपलब्धिको रूपमा उल्लेख गरेका छन् । यस्तै विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिवको नियुक्ति गरी कार्यसम्पादनमा सहजीकरण र काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया पहिलो कार्यकालमा पूरा भएको बताइएको छ । कोभिड–१९ को कारण अवरुद्ध भई विलम्ब भएको कक्षा–१२ को परीक्षाको परिणाम उच्च शिक्षाको शैक्षिक क्यालेडरसमेतलाई प्रभाव नपर्ने गरी प्रकाशन र योगगुरु, योग सम्बद्ध संघ संस्था तथा योगप्रेमीसमेतको सहभागितामा प्रधानमन्त्री निवास बालुवाटारमा माघ १ गते राष्ट्रिय योग दिवस सम्पन्न गरिनु उपलब्धिमा समावेश गरिएको छ । चिकित्सा शिक्षालाई थप व्यवस्थित, प्रभावकारी एवम् पहुँचयुक्त बनाउन चिकित्सा शिक्षा आयोगद्वारा चिकित्सा शिक्षा अन्तर्गत अध्ययन गर्न शुल्क निर्धारण मन्त्री श्रेष्ठको पहिलो कार्याकालमा भएको छ । यस्तै आयोगद्वारा पहिलो पटक चिकित्सा शिक्षामा स्नातकोत्तर अध्ययन गर्न चाहने नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन भई परिणाम प्रकाशन गरिएको छ । संघीयस्वरूप अनुसार शैक्षिक संरचनाको परिवर्तित नाम तथा कोभिड–१९ र यस्तै प्रकृतिका महामारीको अवस्थालाई समेत सम्बोधन हुनेगरी शिक्षा नियमावली, २०५९ को नवौं संशोधन, उक्त संशोधन बमोजिम चालू शैक्षिक सत्रलाई २०७८ जेठ मसान्तसम्म कायम गरी नयाँ शैक्षिक सत्र २०७८ असार १ गतेदेखि शुरू गर्नेगरी प्रबन्ध पनि मिलाइएको, विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन गरी कार्य अघि बढाइएको, कोभिड–१९ का कारण स्थानान्तरित भएका विद्यार्थीलाई स्थानान्तरण भएकै विद्यालयबाट आगामी एसईई दिन पाउने गरी व्यवस्था मिलाउने व्यवस्था, खुद पुलमा रहेका दरबन्दीमध्ये ४५५ शिक्षक दरबन्दीलाई एक स्थानीय तहबाट अर्को स्थानीय तह र एक जिल्लाबाट अर्को जिल्लामा मिलान लगायत विभिन्न २० ओटा उपलब्धि हासिल भएको मन्त्री श्रेष्ठले उल्लेख गरेका छन् ।