काठमाडौं : भन्सार छली ल्याएको ठूलो परिमाणको चिनी र दाल बाँकेबाट बरामद गरिएको छ। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१ स्थित नन्दनी मिल परिसरमा भन्सार छली चोरी पैठारीको सामान रहेको विशेष सूचना प्रहरीले पाएको थियो। लगत्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले संयुक्त रूपमा बिहीबार साँझ खानतलासी गरेको हो। खानतलासीबाट भण्डारण गरिराखेको अवस्थामा ५० किलोग्राम दरका ५२० बोरा चिनी र ३० किलोग्राम दरका ५१ बोरा बोडीको दाल फेला परेको जिल्ला प्रहर