काठमाडौं । कथालय इन्कले विश्वका उत्कृष्ट र रमाइला बालकथाहरु सार्वजनिक गर्दै आएको छ । रोचक कथा र लोभलाग्दा चित्रहरुले भरिएका बालसाहित्य प्रकाशन गर्ने क्रममा चर्चित शृंखला एमिली र खरायो शृंखलाका दुई पुस्तक नेपालीमा अनुवाद गरेको छ ।
क्रेसिडा कावल र निअल लेटनको ‘एमिली र खरायो’ र ‘एमिली र त्यो चिज’ दुवै कथाले बालबालिकालाई कल्पना र रोमाञ्चका बेग्लै दुनियाँमा पुर्याउँछ । एमिलीको खरायो बेलायतको प्रतिष्ठित नेस्ले चिल्ड्रेन्स बुक प्राइज जितेको लोकप्रिय पुस्तक हो ।
साहस, बुद्धि र दयालु मनको कथा अनि डिटेलसहितका आकर्षक चित्र हेर्दै पढ्न चाहनेका लागि यी दुवै कथा उपयोगी छन् ।