काठमाडौँ – देशभरका अदालतमा आइतबार बिदा दिइएको छ। सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आइतबारका लागि शोक बिदा दिने निर्णय गरेको हो। सर्वोच्चको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश शर्माको निधनमा आइतबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको थियो। ‘शर्माको असामयिक निधनमा शोक मनाउन माघ ९ गते नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, […]