उपत्यकामा हराएका ३० मोटरसाइकल फेला, चोरीमा संलग्न दुई पक्राउ

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका ३० मोटरसाइकल फेला पारेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट विभिन्न समयमा हराएका मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको हो ।  महाशाखाले दुई हप्ताको समयमा १९ मोटरसाइकल र ११ स्कुटर फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।     महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले ट्राफिक प्रहरीले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिँदै आएको बताए । &...

सम्बन्धित सामग्री

मोटरसाइकल चोरीमा संलग्न ९ जना पक्राउ

मोरङ – प्रदेश १ प्रहरी कार्यालयले प्रदेशका विभिन्न जिल्लामा ५६ वटा मोटरसाइकल चोरी भएको र चोरीमा संलग्न ९ जना पक्राउ परेको जनाएको छ। विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक श्यामलाल ज्ञवालीले प्रदेशका विभिन्न जिल्लामा ५६ वटा मोटरसाइकल चोरी भएको र १४ वटा मोटरसाइकल फेला पारेको जनाएका छन्। यससँगै प्रहरी प्रमुख ज्ञवालीले प्रदेशमा […]

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार बर्दिबास–७ किसाननगरस्थित रामएकवाल यादवको घरबाट चोरीको मोटरसाइकल फेला पारेपछि अनुसन्धानका क्रममा उक्त गिरोहको पत्ता लागेको हो।...

चोरिएका २३ ओटा मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण

कात्तिक १२, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट चोरिएका २३ ओटा मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्यूनीकरण एवम् नियन्त्रण गर्न ट्राफिक प्रहरीले चलाएको विशेष अभियानका क्रममा विभिन्न क्षेत्रबाट हराएका मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण गरिएको महाशाखाले जानकारी दिएको छ । सवारी धनीले महाशाखामा दिएको निवेदनका आधारमा प्रहरीले खोजी अभियान चलाउँदै आएको छ । सो अभियानमा चोरीमा संलग्न व्यक्तिलाई समेत पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।  उनले मोटरसाइकल हराउन नदिन सबैको सहयोग र हातेमालोको खाँचो रहेको र विशेषगरी सवारी धनी थप सजक र जिम्मेवार हुनुपर्नेमा जोड दिए । विशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकल बरामद गरिने र चोरीमा संलग्न मानिसलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी तत्कालै विभिन्न प्रहरी वृत्तहरूमा पठाउने गरेको महाशाखाले जानकारी दिएको छ । पछिल्लो समय स्कुटर चोरीका निवेदन बढ्न थालेको महाशाखाको तथ्यांकले प्रष्ट्याउँछ । विशेषगरी स्कुटर चालकले सवारी दर्ता किताब (विलबुक) डिक्की मै राख्ने गरेको र चाविसहित छाड्ने गरेकाले पनि चोरीका घटना बढेको पाइएको छ ।  त्यसैले प्रहरीले जथाभावी पार्किङ नगर्न, एकान्त स्थान र लामो समयसम्म पार्किङ नगर्न र थप अतिरिक्त सुरक्षाका उपाय प्रयोग गर्न अनुरोध गरेको छ । महाशाखाका अनुसार चालू आर्थिक वर्षमा हराएका ३८७ मोटरसाइकल मध्ये १७१ मोटरसाइकल नियन्त्रणमा लिइएकामा १६८ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ । चोरीमा संलग्न १९ जनालाई कारवाहीका लागि मोटरसाइकलसहित सम्बन्धित प्रहरी वृत्तमा पठाइएको महशाखाले जानकारी दिएको छ । रासस

चोरिएका १७ वटा मोटरसाइकल फेला, तीन जना प्रहरीको नियन्त्रणमा

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका १७ मोटरसाइकल फेला पारी आज सम्बन्धित मोटरसाइकलधनीलाई बुझाएको छ। उपत्यकाका ठमेल, नैकाप, बौद्ध, ताल्छिखेल, अनामनगर, बालाजु, भक्तपुर, गौशाला, सोह्रखुट्टेलगायत स्थानबाट हराएका मोटरसाइकल फेला पारी धनीलाई बुझाइएको महाशाखाले जनाएको छ। चोरीका मोटरसाइकल खोजी गर्ने क्रममा ट्राफिक प्रहरीले चोरीमा संलग्न तीन जनालाई पक्राउ गरिएको