निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसारमा संलग्न भएको भन्दै निर्वाचन आयोगले काठमाडौँ महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजाललाई २४ घन्टे स्पष्टीकरण पेस गर्न पत्राचार गरेको छ । वडाध्यक्ष रिजालले काठमाडौँ निर्वाचन क्षेत्र नं. ७ मा नेपाली कांग्रेसको प्रचारप्रसारमा संलग्न भएको देखिने सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्ने उजुरीका आधारमा आयोगले उनीसँग स्पष्टीकरण सोधेको हो ।