फ्रान्सेली संसदमा रहेको फ्रान्स–नेपाल अन्तर संसदीय मैत्री समूहका सभापति ड्यानियल साल्मोन र सदस्य एन क्याथरिन लोइसियर आज नेपाल आउँदै छन् । नेपाल–फ्रान्स अन्तर संसदीय समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको निमन्त्रणामा उनीहरु नेपाल आउन लागेको काठमाडौंस्थित फ्रान्सेली दूतावासले जनाएको छ । नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले फ्रान्सेली संसदीय टोली नेपाल आउन लागेको दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरुले भदौ २० गतेदेखि २५ ग