संस्कृतिविद् सत्यमोहन जोशीले लोक संस्कृतिलाई हेला गरेर राष्ट्र समावेशी हुन नसक्ने बताएका छन् । शुक्रवार ललितपुरमा आयोजित आफ्नो जीवनीमा आधारित पुस्तक ‘सत्यमोहन’को लोकार्पण समारोहमा बोल्दै उनले लोक संस्कृतिले नै विभिन्न जातजाति, भाषा, धर्म र संस्कार-संस्कृतिबीचमा एकता ल्याउने बताएका हुन् ।उनले लोक संस्कृतिलाई हेला गरेर राज्य समावेशी बन्न नसक्ने बताए । लोक संस्कृतिले सबैलाई आफू नेपाली भएको भावना जागृत गराउने पनि उनले उल्लेख गरे । पत्रकार गिरीश गिरीले लेखेको जोशीको जीवनीमा आधारित प