टेकुस्थित सवारीसाधन जाँच केन्द्र (भेहिकल फिटनेस सेन्टर) मा चारपांग्रे निजी सवारीसाधनको इम्बोस्ड नम्बर प्लेट लिने सवारीसाधनको संख्या बढ्न थालेको छ ।
निषेधाज्ञा खुकुलो भएसँगै यसै हप्ता दैनिक ४० देखि ५० वटा सवारीसाधनका लागि इम्बोस्ड नम्बर प्लेट लिन आइरहेको केन्द्रले जनाएको छ ।
हालसम्म इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सवारीसाधनको संख्या ६ हजार पुगेको केन्द्रका प्रमुख मणिराम भुसालले बताए ।
उनका अनुसार नयाँ र पुरानो दुवै सवारीसाधनमा नम्बर प्लेट लिन सवारी धनी आइरहेका छन् । केन्द्रबाट वितरण भइरहे पनि त्यसको व्यवस्थापनको का...