विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि लकडाउन भएपनि म्याग्दीका विकास आयोजना सुरु हुन थालेका छन् । प्रदेश, संघ सरकारका निकाय र स्थानीय तहद्वारा सञ्चालित पूर्वाधार निर्माणका आयोजनालाई निरन्तरता दिएका हुन् । बाहिरका कामदार भित्र्न नदिने तर भएका र स्थानीय कामदारलाई परिचालन गरेर विकास आयोजना सञ्चालन गरिएका हुन् ।