काठमाडौँ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले गैह्रीगाउँ सामूहिक हत्या प्रकरणको मुद्दा जिल्ला अदालत काठमाडौँमा दर्ता गरेको छ। २५ दिन लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौँले पठाएको अनुसन्धान प्रतिवेदनअनुसार सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गरेको हो। सामुहिक हत्या अभियोगमा पक्राउ गरेका सञ्जय भण्डारीलाई क्रूर तथा निर्ममतापूर्वक हत्या गरेको कसुरमा जीवित रहेसम्म कैदमा राख्न मागदाबी गरिएको […]