१५ जेठ, काठमाडौं । सरकारले ५ जिल्लाका ५ थोक तरकारी बजारमा विषादी परिक्षण प्रयोगशाला खोल्ने भएको छ । संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले यस्तो घोषणा गरेका हुन् । धरान, सिन्धुली, धनुषा, सिरहा सुर्खेतका ५ थोक बजारमा विषादी परिक्षण प्रयोगशाला स्थापना गरिने उनले बताए ।