त्यसअवसरमा उनले अग्र्यानिक प्रदेश बनाउने लक्ष्यलाई प्रयोगशालाले सहयोग पुग्नुका साथै यसले नागरिकको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।
त्यसअवसरमा उनले अग्र्यानिक प्रदेश बनाउने लक्ष्यलाई प्रयोगशालाले सहयोग पुग्नुका साथै यसले नागरिकको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।
तरकारीसहित खाद्यन्नको विषादी परीक्षण गर्नका लागि प्रदेश–१ सरकारले विराटनगरमा प्रविधियुक्त प्रयोगशाला सञ्चालनमा ल्याएको छ । केही समयअघि नेपाल सरकारले विषादी परीक्षण नगरिएका भारतीय तरकारी र फलफूलको आयात रोक्ने निर्णय गरेको थियो । तर, निर्णय गरेको केही दिनपछि नै सरकारले परीक्षण नगरिएका तरकारीसहितका खाद्यवस्तु आयात गर्न दिने निर्णय गरेको थियो । जुन निर्णयको चौतर्फी विरोध भइरहेको छ ।