प्रदेश–१ सरकारले ठूलै तामझामका साथ सञ्चालनमा ल्याएको विराटनगरस्थित तरकारी र फलफूलको विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा समस्या देखिएको छ । संघ र प्रदेशअन्तर्गतका कार्यालयबीच समन्वय अभावमा प्रयोगशाला सञ्चालनमा समस्या देखिएको हो ।
संघीय सरकार मातहत रहेको विराटनगर भन्सार कार्यालयले भारतबाट आयात हुने तरकारी परीक्षण गर्न नमूना नपठाउँदा विषादी प्रयोगशाला पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।