काठमाडौं।देशभरका ७५३ वटा स्थानीय तहमध्ये जम्मा ५८१ वटा स्थानीय तहले मात्रै बजेट ल्याएका छन्।आर्थिक वर्ष सुरू भइसक्दा पनि १७२ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन्।स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट पेस गरिसक्नुपर्ने र असार मसान्तसम्ममा पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ।तर,अहिलेसम्म पनि १७२ स्थानीय तहले बजेट पेस समेत नगरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ।