खुसी आफैँ हुने हो । आफ्नो जीवनको निर्माता हामी आफैँ हौँ । जस्तो चाह्यो त्यस्तै बनाउने क्षमता हामीभित्र छ भन्ने त सुनेको थिएँ तर सही मार्ग भने अवलम्बन गर्न सकेको थिइनँ । मन यत्रतत्र छरिएको थियो आफ्नो, बनाउन सकिरहेको थिइन । अनियन्त्रित मनमा अनियन्त्रित विचार हुनु स्वाभाविक नै थियो । आन्तरिक ऊर्जा मनले खपत गरिरहेको कारण शरीरप्रति ध्यान दिने अवस्था कम थियो । फलस्वरूप त्यसको प्रतिक्रिया शरीरले स्वाभाविक रूपमा देखाइरहेको थियो ।निरन्तर बहिर्जगतको सूचानाहरूसँग आफू जोडिँदै जाँदा मनमा द्वन्द्व, डर, त्रास