काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको छ ।
नेपाल राष्ट्र बैंकले चैत २ गते ती दुई कम्पनीलाई मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो । ती दुई कम्पनीबीच गत मंसिर २६ गते मर्जर सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
नयाँ सारथी लघुवित्तको चुक्तापूँजी रू. ३० करोड ३३ लाख ९५ हजार रहेको छ भने विजय लघुवित्तको चुक्तापूँजी रू. ३२ करोड रहेको छ ।
नवलवरासीको गैंडाकोटमा राष्ट्रिय स्तरको विजय लघुवित्त वित्तीय संस्था र काभ्रेको धुलिखेलमा नयाँ सारथी लघुवित्त वित्तीय संस्था रहेको छ ।