उच्च हिमाली भेगमा स्थापना गरिएका सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) सँगको सम्पर्क टुट्न नदिन स्याटेलाइट (भू–उपग्रह) फोन र भिस्याट सेवा जडान गरिएको छ ।
मोबाइल र टेलिफोनजस्ता साधारण दूरसञ्चार सेवाको पहुँच नपुगेका र नेटवर्क कमजोर भएका उत्तरी सीमानाकाका बीओपीसँग प्रहरी प्रधान कार्यालय, सम्बन्धित बाहिनी र गण/गुल्मसँग नियमित सम्पर्क गर्न ती सेवा उपलब्ध गराइएको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालले बताए ।
यो महँगो प्रविधिको सबै शुल्क सशस्त्र प्रहरी प्रधान कार्यालयबाट व्यवस्थापन गरिएको छ । मुस्ताङको नेचुङमा स्याटेल...