प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटको बहस ३२ घण्टाभित्र सिध्याउन सर्वोच्च अदालतले आदेश गरेको छ । शेरबहादुर देउवा सहित १४६ जना सांसदको निवेदनमा बुधवार प्रारम्भिक सुनुवाई पछि संवैधानिक इजलासले सो आदेश गरेको हो । समय व्यवस्थापन तालिका समेत सार्वजनिक गरेर इजलासले रिट निवेदक तर्फका कानुन ब्यवसायीलाई सुरु बहसका लागि बढीमा १२ घण्टा र प्रत्युत्तर बहसका लागि ३ घण्टाको समय दिएको छ । सरकारी वकिल र प्रधानमन्त्री केपी ओली तर्फका कानुन ब्यवसायीलाई अदालतले १५ घण्टामा बहस सिध्याउन आदेश गरेको छ । अदाल