जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले स्थानीय तहका जनप्रतिनिधिहरूलाई कास्कीलाई विकासमा नमूना बनाउने गरी काम गर्न आग्रह गर्नुभएको छ । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा स्थानीय तहका जनप्रतिनिधि वडा सदस्यहरूको लागि क्षमता अभिवृद्धि तालिमको समापनको अवसरमा पौडेलले सो कुरा बताउनु भएको हो । पौडेलले विकासका काम युग सुहाउदो, समय सापेक्ष र वडामा विकास प्रभावकारी …