प्रचण्ड र माधव नेपालप्रति ओलीको आक्रोश– के बिग्रिएको थियो र तमासा गर्नुपरेको ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधवकुमार नेपालले पार्टीमा छँदा तमासा गरेको आरोप लगाएका छन् । एमालेको पहिलो विधान महाधिवेशनमा प्रतिनिधिले उठाएका प्रश्नको जवाफ दिने क्रममा नेकपा र एमाले विभाजन हुनुअघि प्रचण्ड र माधव नेपालको भूमिकालाई लिएर आक्रोश व्यक्त गरेका हुन् । 'के बिग्रिएको थियो र तमासा गर्नुपरेको ?' ओलीले भने, 'कहिले प्रधानमन्त्रीले राजीनामा गर्नुपर्‍यो भन्या छ । कहिले अध्यक्षले राजीनामा गर्नुपर्छ भन्या छ, किन राजीनामा गर्नुपर्‍यो थाहा छैन ।' उनले बिग्रिएमा मान्छेहरूले पा...

सम्बन्धित सामग्री

प्रचण्ड र माधव नेपाल मधु-कैटव हुन्, चुनावमा तालेमल हुन्न : ओली

२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा प्रचण्ड र माधवकुमार नेपालको पार्टीसँग तालमेल नगर्ने प्रष्ट पारेका छन् । तर दुबैसँग रहेका नेताहरुलाई पार्टीमा भने ल्याउन सकिने उनले बताए । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले कतिपयले माधव कमरेड पार्टीमा आउनुस् भन्ने गरेको भन्दै आक्रोश […]

भीम रावललाई ओलीको व्यंग्य– 'कुन विषयको डा. हो थाहा छैन, केको डा. हो थाहा छैन'

प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेकपा प्रचण्ड-माधव नेपाल समूहमा लागेका नेता भीम रावलप्रति आक्रोश पोखेका छन् । महिलाको किड्नी राखेकाले दिमागले काम गरेन भनेर रावलले आफूलाई भनेको आरोप लगाउँदै ओलीले 'के विषयको डाक्टर हो, बुद्धिचाहिँ कहाँ छ ?' भन्दै कटाक्ष गरेका हुन् । यद्यपि भीम रावलले ओलीलाई त्यसो भनेको भनी चलाइएको हल्ला पुष्टि हुने आधार आजसम्म भेटिएको छैन र रावलले पनि त्यसको खण्डन गरिसकेका छन् । 'एकजना भर्खर डा. लेखेकाले भने– केपी ओलीले महिलाको किड्नी ...