प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेकपा प्रचण्ड-माधव नेपाल समूहमा लागेका नेता भीम रावलप्रति आक्रोश पोखेका छन् ।
महिलाको किड्नी राखेकाले दिमागले काम गरेन भनेर रावलले आफूलाई भनेको आरोप लगाउँदै ओलीले 'के विषयको डाक्टर हो, बुद्धिचाहिँ कहाँ छ ?' भन्दै कटाक्ष गरेका हुन् ।
यद्यपि भीम रावलले ओलीलाई त्यसो भनेको भनी चलाइएको हल्ला पुष्टि हुने आधार आजसम्म भेटिएको छैन र रावलले पनि त्यसको खण्डन गरिसकेका छन् ।
'एकजना भर्खर डा. लेखेकाले भने– केपी ओलीले महिलाको किड्नी ...