काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आइतबार प्रारम्भिक सुनुवाइ सुरु नभएर नै संवैधानिक इजलास उठेको छ।
संवैधानिक इजलासमा सहभागी न्यायाधीशको विषयमा प्रश्न उठेपछि आइतबारको समय त्यसैमा खर्च भएको छ। सर्वोच्चका सुचना अधिकारी देवेन्द्र ढकालले रिटमाथिको सुनुवाइ सुरु नभएरै इजलास उठेको जानकारी दिए।
प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटहरूमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वरिष्ठताका आधारमा इजलास गठन गरेका थिए।
पुनर्...