आयातित वस्तुमा लेबलको व्यवस्था स्थगन गर्न निजीक्षेत्रको माग

काठमाडौं । आयातित वस्तुमा उत्पादक र वितरकको स्पष्ट लेबल राखेर मात्र विक्री वितरण गर्नुपर्ने व्यवस्था स्थगन गर्न निजीक्षेत्रले माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघको व्यापार समितिले बुधवार अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर यस्तो माग गरेको हो ।  सरकारले यही साउन १ गतेदेखि आयातित वस्तुमा लेबल अनिवार्य गरेपछि आयात नै समस्याग्रस्त भएको व्यवसायीले बताए । यस्तो बाध्यकारी व्यवस्थाले समग्र आयात तथा निर्यात कारोबारमा अनावश्यक अवरोध सृजना भएकोबारे अर्थमन्त्रीको ध्यानाकर्षण गराइएको व्यापार समितिका अध्यक्ष डा. सुवोधकुमार गुप्ताले बताए ।  यो नियम गृहकार्य र पूर्वाधारबिनै लगाइए र यसबाट भन्सार विभागसमेत अन्योलमा परेको दाबी आयातकर्ताको छ । व्यवस्था कार्यान्वयन भए÷नभएकोबारे सरकारले अनुगमनको व्यवस्था मिलाएको छ ।  ‘अनुगमनमा खटिने कर्मचारी अनुगमनको प्रक्रिया बुझेको र अनुगमन गरिने वस्तु वा सेवाबारे जानकारी भएको हुनुपर्दछ,’ गुप्ताले भने, ‘अनुगमनलाई प्रभावकारी र पारदर्शी बनाउन अनुगमन समितिमा निजीक्षेत्रको प्रतिनिधित्व हुनुपर्दछ ।’  अनुगमनको मूल उद्देश्य वस्तु तथा सेवाको गुणस्तर कायम गर्नेमा बढी केन्द्रित हुनुपर्ने सुझाव समितिले दिएको छ । व्यापारीलाई अमर्यादित तरिकाले कारवाही गर्ने प्रवृत्ति निरुत्साहित हुनुपर्ने गुप्ताले बताए ।  उद्यमीहरूको आग्रह सुनेपछि अर्थमन्त्री महतले कार्यान्वयनमा देखिएका समस्यालाई समाधान गर्दै जाने आश्वासन दिएको गुप्ताले जानकारी दिए । ‘सरकार निजीक्षेत्रमा मागप्रति सकारात्मक छ । हामी व्यापार सहजीकरणको पक्षमा छौं । उपभोक्ता हित र अवैध व्यापार नियन्त्रणलाई पनि उद्देश्यमा राख्नै पर्दछ । समस्याहरूको निकासमा हामी सहकार्य गर्न सक्छौं,’ अर्थमन्त्रीको भनाइ उध्दृत गर्दै भेटमा सहभागी व्यापार समितिका सदस्य माधव राजपालले भने ।  तहगत सरकारले नियमन र करका नाममा व्यापारलाई समस्याग्रस्त बनाउने काम गरेको भन्दै उद्यमीले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उनीहरूले यस्ता अवरोध हटाउन माग गरे ।  बैंकको ब्याजदर सिंगल डिजिटमा हुनुपर्ने, साना उद्यमीको हकमा कर सहज बनाउनुपर्ने, नेपाल–भारत सिमानामा हुने चोरी पैठारी र निकासी नियन्त्रणका लागि सीमा सुरक्षालाई प्रविधिमैत्री बनाइनुपर्नेजस्ता विषयमा पनि अर्थमन्त्रीलाई आग्रह गरिएको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्षसमेत रहेका राजपालले बताए । भन्सारमा आयातकर्ताले पेस गरेको बिलबिजकलाई मान्यता दिनुपर्ने उनले बताए ।  व्यापारलाई उद्योगको तुलनामा बढी कर लिइएको भन्दै न्यायोचित कर निर्धारण गर्न व्यापारीको माग थियो । व्यापारीलाई पनि ट्रेडमार्क राख्न राख्न अनुमति दिइनुपर्ने उनीहरूले बताए ।  निजीक्षेत्रको आवश्यकताको आधारमा सीप विकास र जनशक्ति तयारीको नीति लिनुपर्ने, व्यापारमा एकद्वार प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने र भीसीटीएसलाई जरीवानामुक्त बनाउन पनि निजीक्षेत्रले आग्रह गरेको थियो । 

सम्बन्धित सामग्री

‘सूचना वर्गीकरण स्थगन गर्ने’

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालको चासोलगत्तै सोमबार सरोकारवाला पक्षसँगको छलफलपछि सूचना वर्गीकरणका लागि तयार पारेको प्रस्ताव स्थगन गरी नयाँ शिराबाट छलफल अगाडि बढाउने समझदारी भएको हो।...

‘सूचना वर्गीकरण स्थगन गर्ने’

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालको चासोलगत्तै सोमबार सरोकारवाला पक्षसँगको छलफलपछि सूचना वर्गीकरणका लागि तयार पारेको प्रस्ताव स्थगन गरी नयाँ शिराबाट छलफल अगाडि बढाउने समझदारी भएको हो।...

सूचना वर्गीकरणको प्रस्ताव स्थगन गर्ने समझदारी

काठमाडौँ – सरकारले सूचना वर्गीकरणका लागि तयार पारेको प्रस्ताव स्थगन गर्ने भएको छ। सो प्रस्ताव स्थगन गरी नयाँ शिराबाट छलफल गर्ने तथा नेपालको संविधान र सूचनाको हकको प्रावधानअनुसार नै अगाडि बढाउने समझदारी भएको छ। मुख्यसचिवको नेतृत्वमा रहेको सूचना वर्गीकरण समितिले सरकारी सूचनालाई ८७ बुँदामा वर्गीकरण गरिएकामा सरोकारवाला पक्षले सरकारको ध्यानाकर्षण गराएपछि आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]

मधेस प्रदेशसभाको बैठक चौथोपटक पनि स्थगन

मधेस प्रदेशको प्रदेशसभाको आजका लागि बोलाइएको बैठक पुनः स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन भएको जानकारी गराएका छन् ।  प्रदेशसभाको...

मधेस प्रदेशसभाको बैठक चौथोपटक स्थगन

मधेस प्रदेशको प्रदेशसभाको आजका लागि बोलाइएको बैठक पुनः स्थगन गरिएको छ ।

कांग्रेसका १६ जिल्ला अधिवेशन पुनः स्थगन

नेपाली कांग्रेसका १६ जिल्लाको अधिवेशन पुनः स्थगन भएको छ ।  माघ १५ गतेका निम्ति निर्धारण भएको अविधेशन कोरोना महामारीका कारण स्थगन भएको हो । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बिहीवारको बैठकको निर्णयअनुसार १६ जिल्ला कार्यसमितिको निर्वाचन अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले शुक्रवार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।  आम नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी सरकारले स्वास्थ्य सुरक्षा र सावधानी अपनाउन जारी गरेका आदेश तथा पार्टीका जिल्ला अधिवेशनक...

लोकसेवाका लिखित परीक्षा स्थगन

लोकसेवा आयोगले पूर्वनिर्धारित सबै लिखित परीक्षा कार्यक्रम स्थगन गरेको छ ।  आयोगले आज सूचना जारी गरी आयोगका कर्मचारीमा कोभिड–१९ सङ्क्रमण देखिएकाले यही माघ ११ गतेदेखि माघ मसान्तसम्म सञ्चालन हुनेगरी निर्धारण गरिएका परीक्षा स्थगन भएको जनाएको हो । लिखित परीक्षा बाहेकका पूर्वनिर्धारित कार्य यथावतरुपमा सञ्चालन हुने निर्णय भएको आयोगले सूचनामा जनाएको छ ।

कैलालीमा काँग्रेस अधिवेशन स्थगन

नेपाली काँग्रेस कैलालीको अधिवेशन स्थगन गरिने भएको छ । मङ्सिर १० गते गर्ने भनिएको जिल्ला अधिवेशन पार्टीको आन्तरिक तयारी हुन नसकेकाले स्थगन गरिने प्रचारप्रसार समिति संयोजक नृप सुनारले रातोपाटीलाई जानकारी दिए । यही मङ्सिर १६ र १७ गते नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन धनगढीमै गर्ने तयारीका कारण  पनि जिल्ला अधिवेशन स्थगन गरिएको उनले बताए । मूल आयोजक समितिले नै प्रदेश अधिवेशनका लागि कैलाली जिल्लालाई जिम्मा दिएका कारण समस्या भएको उनले बताए । जिल्लाको सभापतिले ५१ प्रत

सबै परीक्षा स्थगन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढेको भन्दै निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण फैलँदै गएको परिस्थितिमा चार लाख विद्यार्थीको जीवनरक्षाप्रति संवेदनशील रहेको उल्लेख गर्दै परीक्षा स्थगन गर्न सिफारिस गरिएको बताए। मन्त्रालयले सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन […]

मध्यरातिदेखि स्थगन हुँदै अन्तर्राष्ट्रिय उडान

मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडान स्थगन हुँदैछ। कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो।...