लोकसेवाका लिखित परीक्षा स्थगन

लोकसेवा आयोगले पूर्वनिर्धारित सबै लिखित परीक्षा कार्यक्रम स्थगन गरेको छ ।  आयोगले आज सूचना जारी गरी आयोगका कर्मचारीमा कोभिड–१९ सङ्क्रमण देखिएकाले यही माघ ११ गतेदेखि माघ मसान्तसम्म सञ्चालन हुनेगरी निर्धारण गरिएका परीक्षा स्थगन भएको जनाएको हो । लिखित परीक्षा बाहेकका पूर्वनिर्धारित कार्य यथावतरुपमा सञ्चालन हुने निर्णय भएको आयोगले सूचनामा जनाएको छ । 

सम्बन्धित सामग्री

खाद्य कम्पनीले रद्द गर्याे अधिकृतको लिखित परीक्षा

खाद्य व्यवस्था तथा व्यापार कम्पनी (साविकको नेपाल खाद्य संस्थान) ले तीन वर्ष अघि लिएको अधिकृत तहको लिखित परीक्षा रद्द गरेको छ ।  कम्पनीले १२, २६ र २७, २०७५  लिखित परीक्षा लिएको थियो ।कम्पनीले बिहीबार सार्वजनिक सूचना जारी गरेर विज्ञापन नम्बर २१-०७५-७६ अधिकृत, प्रशासन, तह-६ खुलातर्फको लिखित परीक्षा रद्द गरेको जानकारी दिएको हो । कम्पनीका अनुसार सर्वोच्च अदालतको फैसला र लोकसेवा आयोगको पत्र अनुसार परीक्षा रद्द गरिएको हो ।

भन्सार एजेन्टको लिखित परीक्षा स्थगित

भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको छ । उच्च अदालत पाटनबाट अल्पकालीन अन्तरिम आदेश जारी भएपछि परीक्षा स्थगित गरिएको हो ।विभागले फागुन २८ मा भन्सार एजेन्टको इजाजत पत्रको लागि लिखित परीक्षा गर्ने तयारी गरेको थियो । तर उच्च अदालत पाटनबाट फागुन २६ मा विभाग समेतको नाममा चैत ६ गतेसम्म स्थगित गर्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी भएको विभागले जनाएको छ । भन्सार एजेन्टको इजाजत पत्रको लिखित परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको विभागले जानकारी दिएको छ ।

लाेकसेवा आयाेगका सबै लिखित परीक्षा स्थगित !

काठमाण्डाै – लोकसेवा आयोगले माघ महिनामा हुने भनिएका आफ्ना सबै लिखित परीक्षा स्थगित गरेको छ । आयोगको आज बसेको बैठकले माघ मसान्तसम्मका लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको उपसचिव एकनारायण शर्माले निकालेको विज्ञप्तिमा उल्लेख छ ।आयाेगमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको र माघ ११ गतेदेखि मसान्तसम्म सञ्चालन हुने पूर्वनिर्धारित सबै लिखित परीक्षा अहिलेका लागि स्थगन गर्ने र ती परीक्षा तथा फागुन एक गतेदेखि सञ्चालन हुने लिखित परीक्षा कार्यक्रम कम्तिमा ७ दिन पूर्व सूचनामार्फत पूनःतालिकीकरण गरी सञ्चालन गर्ने आयोगले जन...

नायब सुब्बाको लिखित परीक्षा स्थगित

काठमाडौं । लोक सेवा आयोगले नायब सुब्बा वा सो सरहको लिखित परीक्षा स्थगित गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै आयोगले एकिकृत परीक्षा प्रणाली अन्तगत राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह पदको लिखित परीक्षा स्थगित गरेको हो । उक्त परीक्षा असोज ९ गतेबाट सञ्चालन हुने बताइएको थियो । आयोगले अर्को सूचना […]

इजरायल जाने कामदारको लिखित परीक्षा भाद्र २८ गते हुने

काठमाडौँ । सरकारले इजरायल जान दरखास्त दिएका कामदारको लिखित परीक्षा यही भाद्र २८ गते गर्ने भएको छ। वैदेशिक रोजगार विभागले मागेको दरखास्त अनुसार प्रक्रिया पूरा भएका आवेदकको भाद्र २८ गते दिउँसो १ बजे काठमाडौँ उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा भौतिक रुपमै लिखित परीक्षा हुने छ। अङ्ग्रेजी भाषाको लिखित परीक्षा हुने विभागले जनाएको छ। विभागले सूचना निकालेर […]

भन्सार एजेन्टको लिखित परीक्षा स्थगित

काठमाडौं, जेठ १३ । जेठ २२ गते हुने भनिएको भन्सार एजेन्टको लिखित परीक्षा स्थगन भएको छ। भन्सार विभागले एक सूचना जारी गर्दै कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै देशका अधिकांश जिल्लामा लागू गरिएको निषेधाज्ञाका कारण लिखित परीक्षा स्थगन गरिएको जनाएको हो। ‘कोभिड–१९ बाट सिर्जित असमान्य परिस्थितिका कारण उक्त परीक्षा स्थगन गरी लिखित परीक्षा हुनुभन्दा कम्तीमा १५ दिनअगाडि […]

भन्सार एजेन्टको लिखित परीक्षा स्थगित

आगामी जेठ २२ गते हुने भनिएको भन्सार एजेन्टको लिखित परीक्षा स्थगन भएको छ । भन्सार विभागले सूचना जारी गर्दै कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै देशका अधिकांश जिल्लामा लागू गरिएको निषेधाज्ञाका कारण लिखित परीक्षा स्थगन गरिएको जनाएको हो । ‘कोभिड–१९ बाट सिर्जित असामान्य परिस्थितिका कारण उक्त परीक्षा स्थगन गरी लिखित परीक्षा हुनुभन्दा कम्तीमा १५ दिन अगाडि सूचना प्रकाशन गरिनेछ । लिखित परीक्षासम्बन्धी सूचना गोरखापत्र र विभागको वेबसाइटमा समेत राखिनेछ’, विभागले सार्वजनिक गरिएको सूचना

बिहे गर्न लिखित परीक्षा, केटी पास केटा फेल !

भारतमा एउटा विवाहको कुरा टुंग्याउन लिखित परीक्षा भएको छ । विवाह टुंगाउनु अघि हुने सवाल सवाल जवाफ त ठिकै हो भारतमा चाहिँ लिखित परीक्षा नै भएको छ । भारतको उत्तर प्रदेश स्थित मैनपुरीमा विवाहको लागि केटा र केटीलाई लिखित परीक्षा गराइएको हो । विहेको कुरा टुंगाउनको लागि केटा र केटीले एउटा जात्रामा भेटेका थिए । त्यहाँ केटा केटीले कुरा गरे । एक अर्कालाई मन पराएपछि विहे फाइनल पनि भयो । तर केटाले अचानक झोलाबाट एउटा डायरी र पेन निकालेर केटीको हातमा थमाए । उनले परीक्षा लिनको लागि त्यसो गरेका थिए । उनले उक्त प...